पप्पु कन्स्ट्रक्सनलाई सरकारले काट्याे यस्ताे पत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पप्पु कन्स्ट्रक्सनलाई सरकारले काट्याे यस्ताे पत्र

सारांश

  • काठमाडाै, ४ मंसिर ।
  •   विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर हाल्न रोक लगाएको हो।

काठमाडाै, ४ मंसिर ।  विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर हाल्न रोक लगाएको हो। बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न कात्तिक २६ गते पत्र पठाएको थियो।

पत्रसाथ संलग्न कागजातहरू अध्ययन गर्दा निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधन अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाइएको कार्यालयले जनाएको छ।

देशभरि विभिन्न ठाउँमा आयोजनाको ठेक्का हात पार्ने तर काम समयमा नसक्ने उजुरी बढेपछि पप्पुका मालिकविरूद्ध भ्रष्टाचार मुद्दा पनि लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?