नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०८०
|
|
५३ पटक हेरिएको
Shares
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

सारांश

  • काठमाडौं।
  • हृदयघातबाट निधन भएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ।
  • बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो।

काठमाडौं। हृदयघातबाट निधन भएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो।

स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख थिए।

उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

FCAN gets new leadership
FCAN gets new leadership
एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो
एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो
आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा
आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा
बाढीपीडितका समस्या समाधान होलान् त !
बाढीपीडितका समस्या समाधान होलान् त !
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक
काभ्रेको पिल्लर गोकुल बाँस्कोटा बिरुद्द लागेका ३ समूह,
काभ्रेको पिल्लर गोकुल बाँस्कोटा बिरुद्द लागेका ३ समूह,
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
राजपाका नेतासहित २५० जना एमाले प्रवेश
राजपाका नेतासहित २५० जना एमाले प्रवेश
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?