आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २८, २०७८
|
|
२६ पटक हेरिएको
Shares
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

सारांश

  • काठमाडौं।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ।
  • गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो।

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो।
राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । लखनउका क्विन्टन डी ककले ३९, मार्कुस स्टोनिसले ३८, दिपक होडाले २५, क्रुनाल पाण्डयले २२ रन बनाउँदा दुश्मन्था चामिराले १३ रन जोडे।
राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
राजस्थानका लागि शिम्रन हिटमायर ५९, देबदूत पडिकलले ३९ रन जोड्दा रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले दुईदुई विकेट लिए ।
यो जितसँगै राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ । लखनउको ५ खेलमा ६ अंक नै छ । लखनउ पाँचौ स्थानमा छ ।[image: iplcover.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?