गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै छौ ??

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै  छौ ??

सारांश

  • १२ असार, दाङ ।
  • गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्न नैतिकताले नदिने बताएका छन् ।
  • रोल्पामा चुनाव लडेको नेकपालाई अन्य जिल्लाको चुनाव बिथोल्न नैतिकताले नदिने मन्त्री शर्माको भनाइ छ ।

१२ असार, दाङ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्न नैतिकताले नदिने बताएका छन् । रोल्पामा चुनाव लडेको नेकपालाई अन्य जिल्लाको चुनाव बिथोल्न नैतिकताले नदिने मन्त्री शर्माको भनाइ छ ।

दाङको तुलसीपुरमा सोमबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘अब विप्लवले निर्वाचन बिथोल्न नैतिकरुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने ? यो हुन सक्दैन ।’

 

रोल्पाको थवाङमा विप्लव समूह पनि चुनावमा सहभागी हुनुलाई उनले सकारात्मक भने । अहिले केही छिटपुट घटना भए पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित र धाँधलीरहितरुपमा सम्पन्न हुने मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले सरकारसँग सहमति भएरै राजपाले दोस्रो चरणको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएको भन्दै राजपाको सहभागिताले तेस्रो चरण निर्वाचन झन् सहज र उत्साहपूर्ण हुने बताए ।

पहिलो चरणमा बहिस्कार गरेको राजपाले दोस्रो चरणको चुनावमा रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता महन्थ ठाकुरको सहभागितामा बसेको बैठकमा निर्वाचनको मिति सार्ने र राजपाले स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको मन्त्री शर्माले जानकारी दिए । संविधान संशोधनमा सरकार लचक भएरै चुनाव सारिएको भन्दै मन्त्री शर्माले भने, ‘राजपाको सहभागिताले निर्वाचन झन् उत्साहपूर्ण र सहज हुन्छ ।’

असन्तुष्ट सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याउन र चुनावमा सहभागी गराउन सरकार क्रियाशील रहेको उनले जानकारी दिए । मतदाताहरु निर्वाचनमार्फत् आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको भन्दै उनले चुनावमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्माले भने, ‘सरकारले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको छ । पार्टीहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

व्यापारी अपहरणकारी छिट्टै पक्राउ पर्छन्

तुलसीपुरका कपडा व्यापारी राजकुमार श्रेष्ठ र अर्का व्यक्ति रणबहादुर घर्तीलाई अपहरण गर्नेहरु छिट्टै पक्राउ पर्ने पनि मन्त्री शर्माले बताए । दाङ जिल्लासहित देशभरको सुरक्षा सुदृढ बनाइएको उनको भनाइ छ ।

व्यापारी अपहरणको घटनाबाट सरकार गम्भीर भएको भन्दै उनले भने, ‘घटनाको कारण छ र अनुसन्धान जारी छ । पछि सबै स्पष्ट हुन्छ । यहाँको सुरक्षा सुदृढ गर्न सरकार दृढ छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु
इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई
४० जनाको ज्यान जाने पुलावामा घटनामा भारतकै गल्ती !
४० जनाको ज्यान जाने पुलावामा घटनामा भारतकै गल्ती !
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने
रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु
सदरमुकाम इनरुवामा राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी
सदरमुकाम इनरुवामा राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
सडक दुर्घटना परीआज उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?