जात्रा हेरेर फर्कदाँ बस दुर्घटनामा १७ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जात्रा हेरेर फर्कदाँ बस दुर्घटनामा १७ घाइते

सारांश

  • दार्चुला ।
  • मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
  • मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस म१ख ४३६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

दार्चुला । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस म१ख ४३६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो ।

उद्दार गरिएका घाइतेलाई उपचारका लागि स्थानीय गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा कति जना यात्रु चढेका थिए भन्नेबारे यकिन भएको छैन । घाइतेहरूलाई प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?