बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
सारांश
- पाल्पा ।
- आज पाल्पाको सत्यवतीमा मन्दिरमा मानिस चिच्चाउँदैछन् ।
- किनकि सत्यवती देवीले कान नसुन्ने भएकाले त्यहाँ पुग्ने भक्तजनहरु चिच्चाएर वर माग्ने गरेका छन् ।
पाल्पा । आज पाल्पाको सत्यवतीमा मन्दिरमा मानिस चिच्चाउँदैछन् । किनकि सत्यवती देवीले कान नसुन्ने भएकाले त्यहाँ पुग्ने भक्तजनहरु चिच्चाएर वर माग्ने गरेका छन् ।
पाल्पाको महत्वपूर्ण धार्मिकस्थल सत्यवतीमा धार्मिक मेला आज सकिंदैछ । त्यहाँ पुग्ने भक्तजनहरु चिच्चाएर आफूले चाहेको कुरा पूरा गरिदिन भन्दै देवीलाई वर माग्ने चलन छ ।
तिनाउ गाउँपालिका – ४ पाल्पा सत्यवतीमा रहेको ताल तथा मन्दिर परिसरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लाग्दै आएको छ ।
सत्यवती देवी बज्यै बहिरी छन् भन्ने विश्वासले मन्दिर जाने भक्तजनले ताल र मन्दिरको परिक्रमा गर्दै जोडले चिच्याएर वर माग्छन् ।
मन्दिर पुग्नका लागि सिद्धार्थ राजमार्गबाट करीब दुई घण्टा लाग्छ । चतुर्दशीको दिन तालमा साल तथा बाँसको लिंगो गाड्ने र भोलिपल्ट आफूले गाडेको लिंगो चिनेर पूजा गर्दै चिच्याएर वर मागेमा मनोकांंक्षा पूरा हुने विश्वास छ ।
प्रतिक्रिया