स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
सारांश
- जुम्ला, १९ असार ।
- चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौँ अनसन बस्न कर्णाली पुगेका त्रिवि शिक्षण अस्पतालका डा गाेविन्द केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरूले हेरचाह गर्न छाेडेका छन ।
- कवर्ड हलमा अनशन बसेका केसीकाे स्वास्थ्य अवस्था विग्रँदै गएपछि कवर्ड हल हेरचाह गर्नुको अर्थ नहुँने भन्दै चिकित्सकहरु बाहिरिएका हुन ।
जुम्ला, १९ असार । चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौँ अनसन बस्न कर्णाली पुगेका त्रिवि शिक्षण अस्पतालका डा गाेविन्द केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरूले हेरचाह गर्न छाेडेका छन ।
कवर्ड हलमा अनशन बसेका केसीकाे स्वास्थ्य अवस्था विग्रँदै गएपछि कवर्ड हल हेरचाह गर्नुको अर्थ नहुँने भन्दै चिकित्सकहरु बाहिरिएका हुन । उनीहरुले कवर्ड हलमा रहँदासम्म डा केसीको स्वास्थ्यको जिम्मा स्थानीय प्रशासनले लिनु पर्ने बताएका छन् ।
स्वास्थ्य अवस्था विग्रँदै गएका डा केसीलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्नुपर्ने भन्दै साेमबार दिउसो चिकित्सकहरु प्रमुख जिल्ला अधिकारीलाई भेटन पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले स्थानान्तरण गर्न कुनै हालतमा नसकिने भनेपछि चिकित्सकहरु कवर्ड हलबाट बाहिरिएका हुन् ।
डा केसीको विग्रँदो स्वास्थ्य अवस्था हेरचाह कवर्ड हलमा गएर हुन नसक्ने भन्दै आफूहरुले हलबाट बाहिरिएको हेरचाहमा खटिएका डा भुमेश काफ्लेले संचारकर्मिहरूलाइ बताए । उनले हलमा डा केसीको स्वास्थ्यको जिम्मा प्रशासनले नै लिनुपर्ने निर्णय समेत आफूहरुले गरेको जानकारी दिए ।
चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौँ अनसन बस्न कर्णाली पुगेका त्रिवि शिक्षण अस्पतालका डा केसीलाई स्थानीय प्रशासनले प्रतिष्ठान परिषरमा अनशन बस्नबाट रोक लगाएको थियो ।
डा केसीले सो विरुद्ध स्थानीय प्रशासनको गेटमै धर्ना दिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । डा केसीले हिरासतमै अनसन शुरु गरेपछि प्रशासनले शनिबार अपरान्ह ५ बजे कवर्डहलमा ल्याएर छोडेको थियो । डा केसीले त्यही नै आफ्नो अनसन जारी राखेका छन् ।
प्रतिक्रिया