धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
४९ पटक हेरिएको
Shares
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब

सारांश

  • बलात्कारपछि हत्या भएकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको व्यवहार असामान्य देखिन थालेको छ ।
  • उनको मानशिक अवस्था बिग्रिएर गएको छ ।
  • सामान्य अवस्थाको भन्दा निकै फरक व्यवहार उनले देखाउन थालेका छन् ।

बलात्कारपछि हत्या भएकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको व्यवहार असामान्य देखिन थालेको छ । उनको मानशिक अवस्था बिग्रिएर गएको छ । सामान्य अवस्थाको भन्दा निकै फरक व्यवहार उनले देखाउन थालेका छन् ।

छोरीको हत्यारालाई कारवाहीको माग राख्दै धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका दृश्य अहिले सामाजिक सञ्जालमा भाइरहन भइरहेको छ । यसरी उनको मानसिक अवस्था खराब बन्न थालेपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

पन्तको मानसिक अवस्था निकै बिग्रदै गए पछि धर्नास्थलमै डाक्टर बोलाएर चेक गरिएको थियो । तर अवस्था झनै बिग्रेर गएपछि परिवारका सदस्य र अधिकारकर्मीसँग छलफल गरेर थप उपचारका लागि काठमाडौँ ल्याइन लागिएको कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
चैत ९ गतेको राशिफल थाहा पाउनुस्
महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक
महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक
प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी
प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?