हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।
- आज पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् । आज पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले आज सामाजिक सुरक्षा योजना शुभारम्भ गर्ने कार्यक्रम छ ।
पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताएका छन् ।
‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
सन्देशमा आजदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिंगो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात भनेका छन् । योजना सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवालालाई सहयोगका लागि अपिल गरेका छन् ।
प्रतिक्रिया