भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
सारांश
- काठमाडौं ।
- काठमाडौं उपत्यकाभर भोलिदेखि ४ दिनसम्म सवारी साधनमा जोरविजोर तरिकाले चल्ने भएका छन् ।
- राजधानीमा हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै मंसिर १३ देखि १६ गतेसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।
काठमाडौं । काठमाडौं उपत्यकाभर भोलिदेखि ४ दिनसम्म सवारी साधनमा जोरविजोर तरिकाले चल्ने भएका छन् । राजधानीमा हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै मंसिर १३ देखि १६ गतेसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।
काठमाडौंमा एसिया प्यासेफिक सम्मेलन हुँदैछ । सम्मेलनलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको भीड व्यवस्थापनका लागि बिहीबारदेखि आईतबारसम्म सवारीसाधनमा जोर विजोर प्रणाली गर्न लागेको जनाएको छ।
सम्मेलनमा भाग लिन विभिन्न देशबाट पाहुना आउँदैछन् । विभिन्न मुलुकका सहभागीको सवारी आवगमनलाई सजिलो पार्न ४ दिन लामो जोर विजोर प्रणाली लागू गरिएको हो। अत्यावश्यक सेवाका साधन, शैक्षिक संस्थाका सवारीसाधनमा भने प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ।
महाशाखाका अनुसार १३ गते बिहीबार र १५गते शनिबार विजोर नम्बरका सवारीसाधनमात्र चल्न पाउनेछन् । १४गते शुक्रबार र १६गते आईतबार जोर नम्बरका सवारीसाधनमात्र चल्नेछन् ।
(Xanax)
प्रतिक्रिया