पोखरा सफाइ अभियानमा मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पोखरा सफाइ अभियानमा मुख्यमन्त्री

सारांश

  • पोखरा, २ वैशाख ।
  • पोखरामा जारी सफाइ अभियानमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले ऐक्यबद्धता जनाएका छन् ।
  • रामघाटमा आयोजित कार्यक्रममा उपस्थित भइ सफाइ अभियानमा सहभागिता जनाएका हुन् ।

पोखरा, २ वैशाख ।

पोखरामा जारी सफाइ अभियानमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले ऐक्यबद्धता जनाएका छन् । रामघाटमा आयोजित कार्यक्रममा उपस्थित भइ सफाइ अभियानमा सहभागिता जनाएका हुन् । नागरिकस्तरबाट संचालित अभियानमा सरिक हुन पाएकोमा खुशी प्रकट गर्दै उनले यस्तो गरिमामय अभियानलाई निरन्तरता दिन आह्वान गरे ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक र एनआईसी एशिया बैंकले ३/३ वटा राष्ट्रिय झण्डा मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए भने मुख्यमन्त्रीले राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, नागरिक समाज पोखरा, ड्यामसाइड टोल विकास संस्था, अभियान महिला समूह, खहरे आमा समूह, माछापुच्छे« महिला क्लब, वडा नं. ९ का अध्यक्ष र वडा सचिव एवं हाम्रो क्रिउ स्काउट समूहलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच, अभियानका संयोजक रामबहादुर पौडेलले वडा नंं ९ र ११ का वडा अध्यक्षहरु रामराज लामिछाने र मोहनप्रसाद बास्तोलालाई सेती नदी किनारमा अवस्थित यस क्षेत्रकै प्राकृतिक र सांस्कृतिक सम्पदाका रुपमा प्रख्यात रामघाटको व्यवस्थापन, उचित संरक्षण, नियमित सरसफाइ लगायत वडा नं. ९ र ११ बाट सेती नदीमा बिसर्जन हुँदैआएको मलमूल एवं दुर्गन्धित तरल पदार्थ अविलम्ब रोक्नेछु भनी प्रतिबद्धता व्यक्त गर्दछु भन्ने व्यहोराको प्रतिबद्धता गराई हस्ताक्षर गराएका थिए ।

कार्यक्रममा विगत लामो समयदेखि सेती नदी बचाउ अभियान संचालनसँगसँगै पोखरा उपत्यका बृहत् सफाइ अभियानमा योगदान पु¥याएकोमा मुख्यमन्त्रीले वडा सचिव एवं सामाजिम अभियन्ता लोकदर्शन कोइरालालाई कलात्मक फ्रेम सहितको प्रशंसापत्र प्रदान गरेका थिए ।

९८ औं हप्ताको कार्यक्रमलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेशसभा सदस्य कृष्ण थापा र बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाहरु लगायत स्थानीय वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको अभियन्ता इन्द्रकमल मानन्धरले जनाइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब  किताब गर्न नपरोस्- केपी ओली
कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब किताब गर्न नपरोस्- केपी ओली
माटोमा अम्लीपनको मात्रा अधिक
माटोमा अम्लीपनको मात्रा अधिक
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
शक्तिशाली हुन झाँक्रीले बालकको बलि दिए
शक्तिशाली हुन झाँक्रीले बालकको बलि दिए
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
Is Online Slots Real Money No Deposit Poker Bet?
कस्ताे अच्चम्म्:  सुत्दा ३२ बर्ष तर उठ्दा १५ बर्ष !
कस्ताे अच्चम्म्: सुत्दा ३२ बर्ष तर उठ्दा १५ बर्ष !