बाघको छालासहित तीन जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
बाघको छालासहित तीन जना पक्राउ

सारांश

  • काठमाडौं, २७ भदाै ।
  • महानगरी प्रहरी वृत, दरबारमार्गले बाघको छाला र हड्डीसहित तीन जनालाई बुधबार ठमेलको ज्याठाबाट पक्राउ गरेको छ ।
  • विशेष सुराकीको आधारमा वृतको टोलीले बाघको छालासहित टोखा बस्ने २० वर्षीय सागर श्रेष्ठ, गौरीघाट बस्ने ३१ वर्षीय रमेश बोहरा र मनमैजु बस्ने २७ वर्षीय लिला बहादुर श्रेष्ठ रहेका छन् ।

काठमाडौं, २७ भदाै । महानगरी प्रहरी वृत, दरबारमार्गले बाघको छाला र हड्डीसहित तीन जनालाई बुधबार ठमेलको ज्याठाबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा वृतको टोलीले बाघको छालासहित टोखा बस्ने २० वर्षीय सागर श्रेष्ठ, गौरीघाट बस्ने ३१ वर्षीय रमेश बोहरा र मनमैजु बस्ने २७ वर्षीय लिला बहादुर श्रेष्ठ रहेका छन् ।

छालासहित पक्राउ परेका तीनै जना नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको वृतका प्रमुख (डिएसपी) दाबहादुर मल्लले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका तीनै जना पहिलेदेखि नै बाघको छाला र हड्डी बेचबिखनमा सक्रिय रहेको डिएसपी मल्लले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघको छाला कारोबार गर्नेलाई ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवना हुने कानुनी व्यवस्था छ ।

(inboundrem.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?