कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
सारांश
- एसिया प्यासिफिक समिटमा सहभागि हुन नेपाल आएको कम्बोडियाको प्रतिनिधि मण्डलले दुई पक्षीय हवाई सम्झौता गरेको छ ।
- बिहीबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
- यो सम्झौता पछि कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४ / १४ पटक उडान गर्न सक्नेछन् ।
एसिया प्यासिफिक समिटमा सहभागि हुन नेपाल आएको कम्बोडियाको प्रतिनिधि मण्डलले दुई पक्षीय हवाई सम्झौता गरेको छ । बिहीबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता पछि कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४ / १४ पटक उडान गर्न सक्नेछन् । नेपालबाट अहिलेसम्म कम्बोडियामा सीधा हवाई उडान थिएन । यो सम्झौता पश्चात नेपाल एयरलाइन्सको विस्तार कम्बोडियासम्म हुने भएको छ ।
बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको कम्बोडियासँग हवाई सम्झौता भए पछि लुम्बिनी आउने पर्यटकको संख्या बढ्ने र यसबाट नेपालको आर्थिक वृद्धिमा फाइदा पुग्ने देखिएको छ ।
आसियान देशहरुमा अब नेपालले इन्डोनेसियासँग मात्रै सीधा हवाई उडान सम्झौता गर्न बाँकी छ । सरकारले पछिल्लो सयममा अष्ट्रेलियासँग पनि हवाई सम्झौताका लागि छलफल गरिरहेको छ ।
प्रतिक्रिया