सांसद शर्माद्वारा दाङमा अलपत्र रहेका पुल निर्माण गर्न संसदको ध्यानाकर्षण
सारांश
- दाङ, ३१ साउन ।
- प्रतिनिधिसभा सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले दाङमा अलपत्र रहेका पुल निर्माणको काम तत्काल पूरा गराउन संसदको ध्यानाकर्षण गराएकी छन् ।
- प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शर्माले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
दाङ, ३१ साउन । प्रतिनिधिसभा सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले दाङमा अलपत्र रहेका पुल निर्माणको काम तत्काल पूरा गराउन संसदको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शर्माले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
गत साउन २८ गते परेको भारी बर्षाले दाङको जनजीवन प्रभावित पारेको भन्दै निर्माणाधीन पुल समयमै नबन्दा सर्वसाधारणले दुःख पाएको उनले बताइन् । घोराही लमही सडक खण्डको कटुवा खोला, बबई नदी र घोराही तुलसीपुर सडक खण्डको गुर्जेखोला, पत्रेखोला, सक्राम खोला, ग्वारखोला र पश्चिम दाङमा निर्माणाधीन पुल नबन्दा स्थानीय जनताले जोखमपूर्ण यात्रा गर्न बाध्य भएको बताइन् ।
पुल नबन्दा आवागमनमा समस्या हुनुका साथै बाढीले बगाउँदा कतिपय नागरिकले अकालमै ज्यान गुमाउने गरेको बताइन् । त्यसकारण सरकार र संसदलाई त्यसतर्फ ध्यानदिन आग्रह गरिन् । सांसद शर्माले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माणका काम सुचारु गर्नुपर्ने, समयमै काम सम्पन्न गर्ने ठेकेदार तथा निर्माण कम्पनी पुरस्कृत र काम नगर्ने ठेकेदार तथा निर्माण कम्पनीलाई जरिवानासहित कालो सूचीमा राख्नु पर्र्ने र निर्माणाधीन पुल नबन्दासम्म बैकल्पिक ब्यवस्था गर्न समेत संसदको ध्यानाकर्षण गराएकी हुन् ।
Kamala Bhushal
Lau nai didi jasari vayapnai yo kaam pura garnuparayo janatale dhanaybaad dinexan. kamsekam yeuta asal kaam garera dekhaunus.