कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने

सारांश

  • एसिया प्यासिफिक समिटमा सहभागि हुन नेपाल आएको कम्बोडियाको प्रतिनिधि मण्डलले दुई पक्षीय हवाई सम्झौता गरेको छ ।
  • बिहीबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
  • यो सम्झौता पछि कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४ / १४ पटक उडान गर्न सक्नेछन् ।

एसिया प्यासिफिक समिटमा सहभागि हुन नेपाल आएको कम्बोडियाको प्रतिनिधि मण्डलले दुई पक्षीय हवाई सम्झौता गरेको छ । बिहीबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता पछि कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४ / १४ पटक उडान गर्न सक्नेछन् । नेपालबाट अहिलेसम्म कम्बोडियामा सीधा हवाई उडान थिएन । यो सम्झौता पश्चात नेपाल एयरलाइन्सको विस्तार कम्बोडियासम्म हुने भएको छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको कम्बोडियासँग हवाई सम्झौता भए पछि लुम्बिनी आउने पर्यटकको संख्या बढ्ने र यसबाट नेपालको आर्थिक वृद्धिमा फाइदा पुग्ने देखिएको छ ।

आसियान देशहरुमा अब नेपालले इन्डोनेसियासँग मात्रै सीधा हवाई उडान सम्झौता गर्न बाँकी छ । सरकारले पछिल्लो सयममा अष्ट्रेलियासँग पनि हवाई सम्झौताका लागि छलफल गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई
तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई
बागलुङमा चार हजारले तिरे सम्पत्ति कर
बागलुङमा चार हजारले तिरे सम्पत्ति कर
आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन
आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन
चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार
चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो
चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा
शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ
शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ