महानगरपालिकाको मुख्य चुनौती फोहोर र कुकुर
सारांश
- काठमाडौं ।
- काठमाडौं महानगरपालिकाभित्र प्रभावकारी काम नभएको आलोचना भैरहेको बेला वडा नम्बर ३१ मा विज्ञ समूह गठन गरिएको छ ।
- जनप्रतिनिधि आएपनि जनताले अपेक्षा गरे अनुसार काम नभएको भन्दै ७ सदस्यीय विज्ञ समुह गठन गरिएको वडा कार्यालयले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रभावकारी काम नभएको आलोचना भैरहेको बेला वडा नम्बर ३१ मा विज्ञ समूह गठन गरिएको छ । जनप्रतिनिधि आएपनि जनताले अपेक्षा गरे अनुसार काम नभएको भन्दै ७ सदस्यीय विज्ञ समुह गठन गरिएको वडा कार्यालयले जनाएको छ ।
महानगरपालिकाको मुख्य समस्या फोहर व्यवस्थापन र सार्वजनिक छाडिएका कुकुर व्यवस्थापनलाई मुख्य चुनौती मानिएको छ । फोहोर व्यवस्थापन र कुकुर व्यवस्थापनकोको मागसमेत महानगरपालिकासँग गरिएको थियो ।
विज्ञ समूहले जनताको समस्याबारे पहिचान गरी जानकारी लिने, समस्या समाधान कसरी गर्ने भन्ने वडा कार्यालयलाई घच्घच्याउने सहितको सुझाव आउने अपेक्षा गरिएको वडाध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको दाबी गरेका छन् ।
तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, धनबहादुर सापकोटा, जीवनाथ पोखरेल, अधिवक्ता केदार कोइराला रहेको वडा नम्बर ३१ मा विज्ञ समूह गठन गरिएको हो ।
प्रतिक्रिया