पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
३२ पटक हेरिएको
Shares
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने

सारांश

  • काठमाडौँ ।
  • पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने निष्कर्ष निकाल्दै पर्यटन तथ्याङ्कसम्बन्धी एशिया प्रसान्त क्षेत्रीय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।
  • विश्व पर्यटन सँगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशालाले एशिया प्रसान्त क्षेत्रको समग्र पर्यटन विकासका लागि रणनीतिक कार्यक्रम अगाडि बढाउने भएको हो ।

काठमाडौँ । पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने निष्कर्ष निकाल्दै पर्यटन तथ्याङ्कसम्बन्धी एशिया प्रसान्त क्षेत्रीय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

विश्व पर्यटन सँगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशालाले एशिया प्रसान्त क्षेत्रको समग्र पर्यटन विकासका लागि रणनीतिक कार्यक्रम अगाडि बढाउने भएको हो ।

कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश प्रतिनिधि सहभागी थिए ।

कार्यशालाको आज समापन गर्दै पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको सङ्ख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताए । उनले कार्यशालामा भएका छलफल र यसबाट निस्केको निश्कर्षले एशिया तथा प्रशान्त क्षेत्रको पर्यटनलाई नयाँ गति दिने आशा व्यक्त गरे ।

संयुुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व पर्यटन सङ्गठनका बाह्य सम्वन्ध निर्देशक बेका जकेलीले कुनै पनि नीतिका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने र पर्यटन विकासका लागि भनै अपरिहार्य भएको बताए । उनले हरेक देशलाई सही विधि, प्रक्रिया, धेरै स्रोतबाट, तथ्याङ्क सङ्कलन गरी त्यसको विश्लेषण गरी स्याटेलाइट अकाउण्ट तयार पार्न आग्रह गरे ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कार्यशालामा पर्यटनका विभिन्न आयाम गहन छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार हुने विश्वास व्यक्त गरे ।

तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न छलफलमा एक दर्जन बढी कार्यपत्र प्रस्तुतिकरण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
माटोको भाँडोमा जमाएको दही खानुका फाइदा
माटोको भाँडोमा जमाएको दही खानुका फाइदा
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत

तपाईंले छुटाउनुभयो कि?