शोक प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
१६ पटक हेरिएको
Shares
शोक प्रस्ताव पारित

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
  • बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

विसं १९८१ मा जन्मनुभएका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएका थिए ।

गत चैत २४ गते ९७ वर्षमा उनको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?