शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, मंसिर १६ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गर्ने बताएका छन् ।
  • ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे ।

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गर्ने बताएका छन् ।

‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिए ।

सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्वभन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उनीहरुले समान धारणा राखे । भेटमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।

कोलम्बियाका पूर्वराष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहनुभएका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले आज शिष्टाचार भेट गरेका छन् ।

पास्त्रानाले आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको जनाएका डा भट्टराईले जानकारी दिए । दुई देशबीच व्यापार र लगानीका साथै कूटनीतिक सम्बन्ध विस्तार गर्न पनि उनीहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ–कानूनमन्त्री ढकाल
सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ–कानूनमन्त्री ढकाल
पार्टी एकता र मोदी भ्रमणको कुनै साइनो छैनः श्रेष्ठ
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना
प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ

तपाईंले छुटाउनुभयो कि?