विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द

सारांश

  • मान्म ।
  • कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
  • सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

मान्म । कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका थिए । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बिदा गरिएको विद्यालयले जनाएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए । “पादमघाट अत्यधिक गर्मी हुने ठाउँ हो”, उनले भने, “विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि हामीले अहिले विद्यालय बन्द गरेका छौँ ।”

विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताए । “दश वर्षदेखि १४ वर्षसम्म उमेर समूहका बालबालिका बेहोस भएका हुन्”, उनले भने, “कक्षाकोठामा पढिरहेको अवस्थामा विद्यार्थी बेहोस भएका थिए ।”

गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा अरुण मण्डलले बताए । “जटिल समस्या होइन”, उनले भने, “सुक्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ”, केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधारभूत अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट

तपाईंले छुटाउनुभयो कि?