मुग्लिन नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • चितवन, १३ असार ।
  • मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।
  • मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो ।

चितवन, १३ असार । मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो । नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो ।

सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो । सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौँ मतदाता अलपत्र परेका थिए ।

सडक सञ्चालनमा आएसँगै पत्रकारसहित आएको संसदीय टोलीले अनुगमन कार्यलाई अगाडि बढाएको छ । रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर खनालका अनुसार सो सडकमा समय समयमा पहिरो खस्ने समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?