सवारी दुर्घटनामा एकको मृत्यु
सारांश
- पर्सा, १८ मङ्सिर, वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
- पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो ।
- उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
पर्सा, १८ मङ्सिर, वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको ढकालले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया