१४४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ९ सय ४५

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ असार ।
  • देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

काठमाडौं, २९ असार । देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(https://prodavinci.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?