महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०८०
|
|
५३ पटक हेरिएको
Shares
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन् ।
  • राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उनले आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरेका हुन् ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उनले आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गरे। उनले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर महिला अधिकारमा हनन भएको टिप्पणी गरेका थिए। समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने धारणा ओलीको रहेको छ ।

अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउनसमेत आग्रह गरे । “मरिसकेपछि किन सम्झिरहनु । बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दै, मूर्ति बनाउनुपर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो ।”

अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकारका पक्षमा अझै आन्दोलन गर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः  देउवा
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः देउवा
आफुले पाएको विभाग सम्हाल्न थाले नेकपा नेताहरु
आफुले पाएको विभाग सम्हाल्न थाले नेकपा नेताहरु
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा