झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्वार
सारांश
- क्वालालम्पुर, २७ मंसिर।
- लागू अौषध कारोबारको झुठो अभियोगमा जेल परेका एक नेपाली युवकको मलेसियाबाट उद्वार गरिएको छ।
- २०७२ साल माघमा रोजगारीका लागि मलेसिया पुगेका राप्ती नगरपालिका ४ चितवनका सागर गुरुङ गत अप्रिल महिनामा जेल परेका थिए।
क्वालालम्पुर, २७ मंसिर। लागू अौषध कारोबारको झुठो अभियोगमा जेल परेका एक नेपाली युवकको मलेसियाबाट उद्वार गरिएको छ। २०७२ साल माघमा रोजगारीका लागि मलेसिया पुगेका राप्ती नगरपालिका ४ चितवनका सागर गुरुङ गत अप्रिल महिनामा जेल परेका थिए। निर्दोष हुँदाहुँदै पनि मलेसियालि लागू औषध कारोबारीहरुको षड्यन्त्रमा झुठो मुद्दामा सजाय भुक्तानी गरिरहेका गुरुङलाई मलेसिया प्रशासनले अनुसन्धानका क्रममा निर्दोष सावित गरेको हो।
गुरुङ जेलमुक्त भएपनी आवस्यक कागजात र आर्थिक अभावले गर्दा मलेसियामै अलपत्र अवस्थामा रहेको जानकारी पिडितकी श्रीमती अनुषा गुरुङले अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजमा जानकारी पुर्याइदिन स्थानीय भोम्ले पुन र दिपक गुरुङलाई अनुरोध गर्नु भएको थियो। आफुहरुले अलपत्र परेको खबर पाउना साथ मलेसिया स्थित नेपाली राजदुतावाससँग सहकार्य गरेर पिडित गुरुङको उद्वार गरेको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका सचीव अर्जुन घर्ती मगरले जानकारी दिएकाछन् ।पिडित गुरुङ सम्पुर्ण तयारीका साथ आज बिहीवार नै नेपाल फर्किन लागेको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष राजकुमार बुढाले जानकारी दिएकाछन् । लागू औषध कारोबारको अभियोग लागेकालाई मलेसियामा हदैसम्मको कारबाही हुँदै आएको छ।
प्रतिक्रिया