यातायात व्यवसायी कम्पनीमा जाने म्याद फागुनसम्म

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यातायात व्यवसायी कम्पनीमा जाने म्याद फागुनसम्म

सारांश

  • यातायात व्यवसायीहरु कम्पनीमा जाने म्याद फेरि थपिएको छ ।
  • वैशाखमा नै सिण्डिकेट अन्त्यको घोषणा गरेको सरकारले यातायात व्यवसायीहरु कम्पनीमा दर्ता गर्ने म्याद फागुन मसान्तसम्म थप गरेको हो ।
  • पौष १ गतेदेखि कम्पनीमा जानुपर्ने बताएको सरकारले यातायात व्यवसायीको आग्रहपछि म्याद थप गरेको हो ।

यातायात व्यवसायीहरु कम्पनीमा जाने म्याद फेरि थपिएको छ । वैशाखमा नै सिण्डिकेट अन्त्यको घोषणा गरेको सरकारले यातायात व्यवसायीहरु कम्पनीमा दर्ता गर्ने म्याद फागुन मसान्तसम्म थप गरेको हो । पौष १ गतेदेखि कम्पनीमा जानुपर्ने बताएको सरकारले यातायात व्यवसायीको आग्रहपछि म्याद थप गरेको हो ।

हिजो गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको संयुक्त बैठकले यातायात कम्पनीलाई प्राइभेटमा लैजाँदा असीमित सेयर सदस्य राख्न पाउनुपर्ने मागलाई सम्बोधन गर्ने निर्णय गरेको छ । यातायात विभागका महानिर्देशक लावन्य ढकालले अन्तिम पटकका लागि समितिको म्याद थप गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार अब व्यवसायीको माग सम्बोधन लागि ‘कम्पनी ऐन’ संशोधन गरिनेछ ।

सरकारको यो निर्णयसँगै यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्ने सम्भावना पनि टरेको छ । यसअघि यातायात समितिहरुलाई कम्पनीमा जाने म्याद मंसिर मसान्तसम्म दिइएको थियो । तर, यो अवधिमा झण्डै ४ लाख मध्ये ९ हजार मात्रै सवारी कम्पनी मातहत आएका छन् भने ६ हजार यातायात विभागमा पञ्जीकृत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशका कर्मचारीलाई प्रोत्साहन गर्न ७० लाख
प्रदेशका कर्मचारीलाई प्रोत्साहन गर्न ७० लाख
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी  ?
घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी ?
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?

तपाईंले छुटाउनुभयो कि?