प्रधानमन्त्री लिन आएको जहाज डेढ घण्टा आकाशमै!
सारांश
- काठमाडौं, १५ भदाै ।
- बिमस्टेक शिखर सम्मेलनको क्रममा नेपालको एक मात्र विमानस्थलमा हवाई ट्राफिक व्यवस्थापन गर्न निकै कठिन भएको छ ।
- हवाई ट्राफिक जामले काठमाडौं विमानस्थल अस्तव्यस्त मात्रै बनेन भिभिआईपीको उडानका लागि उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारकै लागि टाउको दुखाईको विषय बन्यो ।
काठमाडौं, १५ भदाै । बिमस्टेक शिखर सम्मेलनको क्रममा नेपालको एक मात्र विमानस्थलमा हवाई ट्राफिक व्यवस्थापन गर्न निकै कठिन भएको छ । हवाई ट्राफिक जामले काठमाडौं विमानस्थल अस्तव्यस्त मात्रै बनेन भिभिआईपीको उडानका लागि उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारकै लागि टाउको दुखाईको विषय बन्यो । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन आएको भिभिआईपी उडानको जहाज नै डेढ घण्टा आकाशमा फन्को मार्न बाध्य भयो । भारतबाट नेपाल आउने क्रममा रहेका अर्का भिआईपी राहूल गान्धीका कारण समेत हवाई ट्राफिक व्यवस्थापन थप चुनौतिपूर्ण बनेको बताइन्छ ।
बिमस्टेक सम्मेलन सकिए लगत्तै फर्कने कार्यक्रम रहेको थाईल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन थाईल्याण्डको राजधानी बैंकबाट थाई लियोन एयरको जहाज मध्यान्ह १२ बजे उडेको थियो । सो जहाज अपरान्ह २ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका थियो । तर, काठमाडौंस्थित हवाई ट्राफिक जामका कारण सो जहाजले बारा र पर्साका आकाशमाथि १४ पटकसम्म फन्को मार्न बाध्य भयो । काठमाडौंस्थित विमानस्थलबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उडानको समय भएका कारण सबै जहाजहरु बाराको आकाशमाथि फन्को मारिरहेको, लियाने एयरको जहाजभन्दा तल दिल्ली काठमाडौं उडानमा रहेको जेट एयरवेज र मलेसिया काठमाडौं उडानमा रहेको एयर एसियाका जहाजलगायतका आठ वटा जहाजहरु रहेका कारण लियोन एयरको जहाजले तत्काल अवतरण गर्ने अनुमति नपाएको जनाइएको छ ।
भिभिआईपीको लागि भन्दै गैर सैनिक उडानका जहाजहरु होल्डमा भएपनि भिभिआईपीलाई नै लिन आएको जहाज नै १४ फन्को आकाशमा मार्नुपर्ने अवस्था आएको हो । बिमस्टेकमा सहभागी अतिथिहरु फर्कने क्रममा रहेकोले आज साँझसम्म नै काठमाडौंस्थित विमानस्थलमा अत्याधिक ट्राफिक जाम हुने देखिएको छ । आज फर्कने अन्तिम पाहुना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्केपछि साँझ ७ बजेपछि भने केही सहज हुनेछ ।
Uprety Sukdev
Bamsarkar ki jaya ho
Sajan Kumar Ghatani Adhi
नेपाल कब्जा गर्ने सुराकी गरेको होला? नि
Chhotelal Yadav
निजगढ बिमान्स्थल चाँडै बनाउनु पर्छ।
Dhruba Rayamajhi
यो ओलि को आइडि लाई शरम लाग्न पर्ने हो जात्रा मा मेला हेरेर आएजस्तो कुरा पो छ त
Prem Bhai
Mathi bata bom hanna lagyo ki k ho sale dhoti le