कर्मचारी समायोजनमा पहिलो प्राथमिकता स्थानीय तह

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कर्मचारी समायोजनमा पहिलो प्राथमिकता स्थानीय तह

सारांश

  • काठमाडौँ, १३ साउन ।
  • सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ ।
  • स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो ।

काठमाडौँ, १३ साउन । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्ति गर्ने गरी समायोजन गरिने जानकारी दिए ।

तीनै तहको दरबन्दी स्वीकृत भइसकेकाले आउँदो भदौदेखि समायोजन प्रक्रिया शुरु गरिने उनले बताए । कर्मचारी संघ, प्रदेश तह र स्थानीय तहमा समायोजन गर्नका लागि मन्त्रालयले समायोजन ऐन–२०७४ जारी गरिसकेको छ । ‘‘हाम्रो प्राथमिकता सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारीका परिपूर्ति रहेको छ’’, उहाँले भन्नुभयो,‘‘समायोजन गर्दा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी पूरा हुने किसिमले गरिने छ ।’’

अहिले करीब १५ हजार स्थानीय तहमा कर्मचारी अपुग छन् । संघमा ४५ हजार ८१५, प्रदेशमा १६ हजार ५७० र ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुंग्याइएको छ । अहिले भएका सबै कर्मचारी संघमा रहेकाले तिनलाई नै स्थानीय तहमा पठाइने उनले बताए । प्रदेशमा भने यसअघिका क्षेत्रीय निर्देशनालय कार्यालयका कर्मचारी जाने छन् । यसैगरी मन्त्रालयले आज ८० शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको छ । प्रवक्ता अधिकारीका अनुसार भर्खरै नियुक्त ८० शाखा अधिकृत कर्मचारीलाई रिक्त स्थानीय तहमा पठाइएको छ । अझै करीब सय शाखा अधिकृत स्थानीय तहका लागि अपुग छन् । उहाँले दैनिकजसो कर्मचारीलाई स्थानीय तहमा पठाइने गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
Complaint filed against Nawazuddin Siddiqui’s Sacred Games for insulting Rajiv Gandhi!
Complaint filed against Nawazuddin Siddiqui’s Sacred Games for insulting Rajiv Gandhi!
एक वर्ष भित्र २०० बढी बालविवाह रोक !
एक वर्ष भित्र २०० बढी बालविवाह रोक !
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
लुम्बिनी प्रदेशसभाको दुई सांसदलाई कारबाही नगर्ने निर्णयप्रति एमालेको आपत्ति
लुम्बिनी प्रदेशसभाको दुई सांसदलाई कारबाही नगर्ने निर्णयप्रति एमालेको आपत्ति
गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !
गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !
प्रविधिमा किसानको आकर्षण बढ्दो
प्रविधिमा किसानको आकर्षण बढ्दो

तपाईंले छुटाउनुभयो कि?