सोलु, भोजपुर र खोटाङमा ५० प्रतिशत भन्दाबढी मत खस्यो
सारांश
- काठमाडौं, असार १४ – एक नम्बर प्रदेशको तीन जिल्लामा मतदान सुरु भएको साढे चार घण्टामा ५० प्रतिशतभन्दा माथि मतदान सकिएको छ ।
- निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार साढे ११ बजेसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान सकिएको छ ।
- यस्तै ताप्लेजुङमा ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं, असार १४ – एक नम्बर प्रदेशको तीन जिल्लामा मतदान सुरु भएको साढे चार घण्टामा ५० प्रतिशतभन्दा माथि मतदान सकिएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार साढे ११ बजेसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान सकिएको छ ।
यस्तै ताप्लेजुङमा ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा ७० हजार ७७८ मतदाता छन् ।
ती जिल्लामा बिहान पानी परे पनि त्यसको कुनै प्ररहवा नगरी उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका हुन् । आयोगका अनुसार अहिलेसम्म ३३ प्रतिशत मत खसेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चुनाव भइरहेको छ ।
प्रतिक्रिया