लुटपाटमा चालकको आखाँ फुट्यो
सारांश
- काठमाडौं, ४ पुस ।
- ललितपुरमा गएराति लुटेराको आक्रमणबाट एक ट्याक्सी चालक गम्भिर घाइते भएका छन् ।
- बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक सिरहाका ४२ वर्षीय डम्बर खड्कालाई यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर घाइते बनाएका हुन् ।
काठमाडौं, ४ पुस । ललितपुरमा गएराति लुटेराको आक्रमणबाट एक ट्याक्सी चालक गम्भिर घाइते भएका छन् । बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक सिरहाका ४२ वर्षीय डम्बर खड्कालाई यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर घाइते बनाएका हुन् । छुरा प्रहारबाट उनको देब्रे आँखा फुटेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनीहरुले बालकुमारी पुलबाट शंखमुल जानेबाटोमा ट्याक्सी चालकमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले उनीसँग रहेको ६ हजार रुपैयाँ र मोबाइल लुटेर लगेको प्रहरीको भनाई छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया