यस्तो छ विराटनगर महानगरको मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
यस्तो छ विराटनगर महानगरको मतदान

सारांश

  • विराटनगर, असार १४ – विराटनगरमा सर्वसाधारणले मतदानमा उल्लेख्य सहभागिता जनाएका छन् ।
  • दोस्रो चरणको चुनाव भएको एक मात्र महानगर विराटनगर महानगरमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • एक लाख १३  हजार ७ सय ६१ जना मतदाता रहेको विराटनगरमा शीर्ष नेताहरुले पनि मतदान गरेका छन् ।

विराटनगर, असार १४ – विराटनगरमा सर्वसाधारणले मतदानमा उल्लेख्य सहभागिता जनाएका छन् । दोस्रो चरणको चुनाव भएको एक मात्र महानगर विराटनगर महानगरमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक लाख १३  हजार ७ सय ६१ जना मतदाता रहेको विराटनगरमा शीर्ष नेताहरुले पनि मतदान गरेका छन् ।


विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट एमाले नेता लालबाबु पण्डितले मतदान गर्नुभएको छ । त्यस्तै आदर्श मावि मतदान केन्द्रबाट कांग्रेस नेता डाक्टर शेखर कोइरालाले मतदान गर्नुभएको छ । त्यस्तै बालिका मावि केन्द्रबाट पूर्वअर्थमन्त्री तथा एमालेका नेता भरतमोहन अधिकारीले मतदान गर्नुभएको छ ।

डिग्री क्याम्पसबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मतदान गर्नुभएको छ । मतदानपछि प्रतिक्रिया दिनुहँदै कांग्रेस नेता शेखर कोइरालाले सबैनागरिकको चाहना मतदान थियो त्योे पुरा हुँदा निक्कै उत्साह देखेको बताउनुभयो । महेन्द्र मोरङ क्याम्पसमा मतदान गर्दै गर्नुभएका पूर्वमन्त्री लालबाबु पण्डितले कुनै पनि तत्वले निर्वाचनलाई रोक्न नसक्ने दावी गर्दै जनताको चाहनालाई कसैले कुठाराघात गर्न नहुने बताउनुभयो । चुनावपछि जनताले आफूले रोजेको जनप्रतिनिधि छान्न पाउने र त्यसैको आधारमा विकास निर्माणको कामले तीव्रता पाउने समेत उहाँको विश्वास छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?