पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी

सारांश

  • पोखरा : चुनावमा सबैजसो उम्मेदवारको मुखमा झुन्डिने नारा हो– विकास गर्छु, खानेपानी ल्याउँछु, बाटो ल्याउँछु, बिजुली ल्याउँछु।
  • तर चुनाव जितेपछि विकास त कता हो कता उनकै नाकमुख देख्न पनि धेरै नेपालीलाई मुस्किल पर्छ।
  •  कास्कीको कृस्ती, निर्मलपोखरी र भरतपोखरी गाउँका बासिन्दा भने यस्ता भाग्यमानी जनता हुन् जसका जनप्रतिनिधिले घरघरमा पानीको धारा पुर्‍याउन निजी जमिन नै धितो राखेर योजना अघि बढाएका छन्।

पोखरा : चुनावमा सबैजसो उम्मेदवारको मुखमा झुन्डिने नारा हो– विकास गर्छु, खानेपानी ल्याउँछु, बाटो ल्याउँछु, बिजुली ल्याउँछु। तर चुनाव जितेपछि विकास त कता हो कता उनकै नाकमुख देख्न पनि धेरै नेपालीलाई मुस्किल पर्छ। कास्कीको कृस्ती, निर्मलपोखरी र भरतपोखरी गाउँका बासिन्दा भने यस्ता भाग्यमानी जनता हुन् जसका जनप्रतिनिधिले घरघरमा पानीको धारा पुर्‍याउन निजी जमिन नै धितो राखेर योजना अघि बढाएका छन्।

पोखरा महानगरापलिकाको वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्य त्यस्ता जनप्रतिनिधि हुन्। भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि उपभोक्ताका तर्फबाट धरौटी राख्न तत्काललाई नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्ष आचार्यले हालेका छन्। उक्त रकम हाल्न वडाध्यक्ष आचार्यले महानगरपालिका ३१ बेगनासताल नजिकैको १० आना घडेरी बिरुवा बचत तथा ऋण सहकारी संस्थामा धितो राखेका हुन्।

उनकै भनाइमा गाउँका लागि निजी जमिन धितो राखेर उनले पैसा निकालेको यो पहिलोपटक होइन। यसअघि पनि गाउँकै अर्को खानेपानी आयोजनाको अध्यक्ष रहिसकेका उनले भने, ‘पोखरा–१७ दोबिल्लाबाट निर्मलपोखरी गाउँसम्म साढे ४ किलोमिटर बाटो लैजाँदा पनि घर धितो राखेर डोजर लगेको थिएँ।’

खानेपानीका लागि सरकारले ल्याएको सहलगानीको अवधारणामा पोखरा २१ र ३३ का ती गाउँमा खानेपानी आयोजना सुरु हुँदैछ। २ हजार ७९ घरमा एक/एक धारा पुर्‍याउने गरी सुरु हुन लागेको आयोजनाका लागि उपभोक्ताले खानेपानी तथा ढल निकास विभाग मातहतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयसँग सम्झौता गर्नुपर्ने थियो। ३० करोड रुपैयाँको आयोजना सम्झौताका लागि उपभोक्ताका तर्फबाट १ करोड ५० लाख जुटाउनुपर्नेमा नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्षले आफ्नै जग्गा धितो राखेर निकालेको आयोजनाका अध्यक्ष दाताराम शर्माले जानकारी दिए।

नपुग पैसा त्यसरी जुटाइएपछि उनै वडाध्यक्ष आचार्य र वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य साक्षी रहेर आयोजनाका अध्यक्ष दाताराम शर्मा र खानेपानी तथा ढल निकास विभागअन्तर्गतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका नन्दलाल बन्जाडेले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरे। सहलगानीको अवधारणा अनुसार उपभोक्ताले ५ प्रतिशत संकलन गर्नुपर्ने भएको हुँदा प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँका दरले उठाइएको आयोजनाका अध्यक्ष शर्माले बताए।

‘वडाध्यक्षले पैसा त्यसरी ननिकालेको भए आयोजनाको सहमति गर्न ढिला हुन्थ्यो, काम सुरु गर्न ढिला हुन्थ्यो’, शर्माले भने, ‘अब एक महिनापछि नै टेन्डर निकालेर बेलैमा आयोजना पूरा गर्छौँ।’ अहिलेसम्म १ हजार २ सय ७१ घरधुरीबाट पैसा संकलन गरिसकिएको र बाँकीबाट उठेपछि वडाध्यक्षको धितो फुकुवा गरिने जानकारी उनले दिए।

उनका अनुसार फुर्सेखोला किनारको जमिनमुनिको पानी लिफ्ट प्रविधिबाट डाँडामा पुर्‍याएर प्रशोधन गरी वडा नम्बर २१ र ३३ को टाकुरा र दक्षिणी भेगका घरघरमा पुर्‍याउने यो आयोजनाको लक्ष्य हो। सन् २०२० सम्म एक घर एक धारा पाउने सरकारी लक्ष्यअनुसार आएको अवधारणा ‘सहलगानी’को बाटो हुँदै गाउँमा पानी ल्याउने जुक्ति भने पूर्व सांसद रवीन्द्र अधिकारीले फुराएको आयोजना अध्यक्ष शर्माले बताए।

‘टेन्डर स्वीकृति भएको मितिले साढे २ वर्षभित्र आयोजना पूरा हुन्छ,’ उनले भने, ‘पानीको अभाव हुँदैन, सेवा र मर्मतका लागि कर्मचारी खटाइन्छ, पानी पुगेपछि कृषि र पर्यटनको विकास हुने विश्वास गरेका छौं।’ कृषि र पर्यटनको विकास हुँदा स्थानीयको आर्थिक अवस्था उकासिने विश्वास पनि उनले सुनाए।

उपभोक्ताले १०, स्थानीय तह र अन्य संघसंस्थाले २० र सरकारले ७० प्रतिशत पैसा हाल्ने सहलगानी अवधारणा रहेको आयोजनाका सचिव खेमराज भण्डारीले बताए। ‘पहिलो चरणका लागि हामीले उपभोक्ताले ५ प्रतिशत जुटाएका हौं’, उनले भने।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Samjhana Rayamajhi

    Congratulations good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन
उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
पेस्तोलसहित एक व्यक्ति पक्राउ
पेस्तोलसहित एक व्यक्ति पक्राउ
विहान बालुवाटारमा परामर्श, साँझ ललितपुरमा ३० नेतासँग प्रचण्डको छलफल
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !

तपाईंले छुटाउनुभयो कि?