पुस ११ गते संसदको तेस्रो अधिवेशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
पुस ११ गते संसदको तेस्रो अधिवेशन

सारांश

  • काठमाडौं।
  • संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ गते बुधबार ४ बजे बोलाइएको छ ।
  • संघीय संसद् सचिवालयका प्रवक्ता डा.

काठमाडौं। संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ गते बुधबार ४ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठक आह्वान भएको पत्र संसद् सचिवालयलाई प्राप्त भइसकेको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संसद्को दोस्रो अधिवेशन असोज ११ गते राति १२ बजेबाट अन्त्य भएको थियो।

संघीय संसद्को पहिलो अधिवेशन २०७४ वैशाख २१ गतेबाट जेठ २० गतेसम्म चलेको थियो। दोस्रो बैठक वैशाख २३ गतेबाट शुरु भएको थियो। बैठकको पहिलो दिन राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाइने प्रचलन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?