आफ्नो निजी स्वामित्वमा रहेको फाउण्डेशन बन्द गर्ने सहमतीमा ट्रम्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आफ्नो निजी स्वामित्वमा रहेको फाउण्डेशन बन्द गर्ने सहमतीमा ट्रम्प

सारांश

  • काठमाडौँ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत रहेको बताएका छन।
  • न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएका छन।

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत रहेको बताएका छन।न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएका छन।

ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए ।एउटा विज्ञप्तिमा अन्डरउडले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएका थिए भने राष्ट्रपति उक्त परोपकारी संस्था बन्द गर्न सहमत भएको बताएका थिए ।

उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने जनाए ।उनले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताए।गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?