‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ

सारांश

  • काठमाडौं, ५ पुस ।
  • पछिल्लो केही समय यता बलिउडका कलाकारहरुको नेपाल आउने क्रम बढ्दो छ ।
  • यसै बिच विच पछिल्लो समय ’तेरा घाटा’ गीत गाएर चर्चामा आएका भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् ।

काठमाडौं, ५ पुस । पछिल्लो केही समय यता बलिउडका कलाकारहरुको नेपाल आउने क्रम बढ्दो छ । यसै बिच विच पछिल्लो समय ’तेरा घाटा’ गीत गाएर चर्चामा आएका भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उनलाई क्रिसमस इभमा काठमाण्डौ स्थित क्लब डेजाभू मा लाइभ सुन्न सकिन्छ ।

मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा उनि क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा आयोजना हुने ’गजेन्द्र वर्मा लाइभ इन नेपाल’ मा प्रस्तुति दिन काठमाण्डौ आउदैछन् । कभर गायन मार्फत सांगीतिक दुनियामा उदाएका गजेन्द्रको तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहा जहा लगायतका गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।

उनले लाइभ प्रस्तुतिको क्रममा यस्तै गीतसंगीत मार्फत दर्शकलाई मनोरंजन दिनेछन । ’गजेन्द्र वर्मा लाइभ इन नेपाल’ नाम दिईको सांगीतिक प्रस्तुतिमा सहभागी हुन् १५ सय , २५ सय र ३५ सय दरको टिकेट रहेको छ । ’क्रिसमस इभलाई रमाइलो बनाउन हामीले पछिल्लो समय नेपालमा खोजिने गायकलाई बोलाएका हौ’ आयोजक मध्यका एक सुमित सिग्देलले भने ’गजेन्द्रजी पनि नेपाल आउने कुरामा हर्षित हुनहुन्छ ।’

गजेन्द्रले पनि भिडियो संदेश पठाउदै आफु नेपालमा आउँन लाग्दा खुसि लागेको बताएका छन् । उनि सोमबार नेपाल आउने छन् र काठमाण्डौको प्रस्तुति सकेर धरान लाग्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?