खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने

सारांश

  • काठमाडौं।
  • खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ।
  • फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए।

काठमाडौं। खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ। फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए।

७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन्। योसँगै चार वर्षपछि हुन लागेको लस एन्जलस ओलम्पिकको काउन्टडाउन सुरु भएको छ।

ओलम्पिक टर्च निभाएर लियोन मार्चान्ड लगायतका चुनिँदा एथलीटहरूको तीन घण्टाको समारोह औपचारिक रूपमा समाप्त भएको हो। यस अवधिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि उपस्थित थिए। यस क्रममा हलिवुड अभिनेता टम क्रुज, बिली इलिश, स्नुप डग र डा. ड्रेले आफ्नो प्रस्तुति दिएका थिए। यससँगै ओलम्पिकको गोल्डेन भोयाजरको खोजले पनि फ्यानहरूको मन जित्यो। यसलाई थोमस जोलीले निर्देशन गरेका थिए। त्यसपछि एन्जेले, कमिसकी र र्‍यापर ओनेडाले फ्रान्सेली ब्यान्ड फिनिक्सको प्रदर्शनमा प्रस्तुति दिएका थिए।

समापन समारोहमा सबै २०५ देशका झण्डा वाहकहरूले स्टेट डे फ्रान्स स्टेडियममा ७० हजारभन्दा बढी दर्शकको अगाडि कुँदिएको विश्व नक्साको परिक्रमा गरेका थिए। सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका थिए। अधिकांश पदक विजेताहरूको घाँटीमा पदक थियो।

समापन समारोहको सबैभन्दा ठूलो आकर्षण पेरिस ओलम्पिकलाई सफल बनाउने ४५ हजार स्वयंसेवक थिए। पेरिस ओलम्पिक २०२४ समितिका अध्यक्ष टोनी एस्टान्गुटोनले फ्रान्स सरकार, स्वयंसेवक, सुरक्षाकर्मी, प्रहरी, पेरिसका मेयर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सबैलाई धन्यवाद दिए।

पेरिस ओलम्पिकको पदक तालिकामा सबैभन्दा शिर्ष स्थानमा अमेरिका रहेको छ। ४० स्वर्ण ४४ रजत र ४२ काश्य पदकसहित अमेरिका शिर्ष स्थानमा रहयो । त्यस्तै चीन पनि ४० स्वर्ण, २७ रजत र २४ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी नेपालले भने यस ओलम्पिकमा कुनै पदक जित्न सकेन । यस ओलम्पिकमा नेपालका सात खेलाडीले भाग लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण
पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
जिग्री र पाण्डेविरुद्ध प्रहरीमा उजुरी
जिग्री र पाण्डेविरुद्ध प्रहरीमा उजुरी
त्रिकोणात्मक सिरिज  नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
त्रिकोणात्मक सिरिज नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
नेपाल टेलिभिजनको ओरालो यात्रा, आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
महिला भलिबलमा नेपाल सेमिफाइनलमा
महिला भलिबलमा नेपाल सेमिफाइनलमा