आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ७, २०७९
|
|
५१ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार व्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्वतर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ, ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ, व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । बिहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुन्छ । सूर्योदयको दर्शन गर्नु होला । आज तपाईको सोच अनुसार काम हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदरमुकाममा ‘फोरजी’ : गाउँमा  कुरा गर्न रुखमा चढ्नुपर्ने
सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति