उदयपुरको टिम फाइनलमा प्रबेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
उदयपुरको टिम फाइनलमा प्रबेश

सारांश

  • उदयपुर ६,पुष।
  • उदयपुर ११ फुटबल टीम  तेह्रथुममा जारी भगिमान सिंह तुम्बहाम्फे मेमोरियल कपको फाइनल प्रवेश गरेको छ ।
  • शुक्रबार भएको पहिलो सेमिफाइल खेलमा ट्राइब्रेकरमा ४-२ गोलले पाँचथरलाई हराउँदै उदयपुर फाइनल प्रवेश गरेको हो ।

उदयपुर ६,पुष।उदयपुर ११ फुटबल टीम  तेह्रथुममा जारी भगिमान सिंह तुम्बहाम्फे मेमोरियल कपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइल खेलमा ट्राइब्रेकरमा ४-२ गोलले पाँचथरलाई हराउँदै उदयपुर फाइनल प्रवेश गरेको हो ।

निर्धारित समय १-१ गोलको बराबरी स्थितिमा पुगेपछी खेललाई सोझै पेनाल्टी सुट आउटमा लगिएको थियो । खेलमा उदयपुरले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा पाँचथरले खेललाई बराबरीको स्थितिमा ल्याएको थियो ।पेनाल्टी सुट आउटमा ४-२ गोलले पाँचथरलाई हराउँदै उदयपुर फाइनल प्रवेश गरेको हो ।

आज भएको दोस्रो सेमीफाईनल खेल मा ईलाम ले झापा लाई २ गोल ले पराजित गरेको छ। शनिबार हुने फाइनल खेल उदयपुर र इलामबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?