नेता गौतम रोपाइँमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
नेता गौतम रोपाइँमा

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाका उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी हुनुभएको छ ।
  • उहाँले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राख्नुभयो ।
  • नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाका उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी हुनुभएको छ । उहाँले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राख्नुभयो । नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताउनुभयो । नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपु¥याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?