पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
सारांश
- काठमाडौँ, ९ पुस ।
- सरकारी चिकित्सक पाँच बुँदे माग अघि सार्दै आन्दोलित भएका छन् ।
- उनीहरुले सोमवार विहान १ घण्टा वीर अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए ।
काठमाडौँ, ९ पुस । सरकारी चिकित्सक पाँच बुँदे माग अघि सार्दै आन्दोलित भएका छन् । उनीहरुले सोमवार विहान १ घण्टा वीर अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए ।
सरकारी चिकित्सक संघ नेपाल गोदानको अगुवाईमा भएको विरोध प्रदर्शन कार्यक्रममा उपत्यकाका विभिन्न सरकारी अस्पतालमा कार्यरत र बाहिरबाट आएका करीर २५० जना चिकित्सकको सहभागीता थियो । उनीहरुले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति नियुक्ति, स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सकका सेवा सुविधा लगायतका मागहरु राखेका छन् ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले सरकारकै रबैयाले चिकित्सकहरु आन्दोलनमा उत्रिन परेको बताए । उनले चिकित्सकलाई सुविधा राम्रो नदिने तर काम उत्कृष्ट खोज्ने गरेको आरोप समेत लगाए । लामो समय देखि चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान उपकुलपति विहीन भईरहेको र न्याम्स बाहिरबाट उपकुलपति ल्याउन लागिएको भन्दै त्यसमा समेत विरोध रहेको बताए ।
कार्यक्रममा राष्टिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेल, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा ढुण्डी पौडेल, बरिष्ठ चिकित्सक डा केदार सेन्चुरी, बरिष्ठ चिकित्सक डा श्रीकृष्ण गिरी लगायतले बोलेका थिए ।
प्रतिक्रिया