‘अमेरिकाले आफ्ना वाचाहरु पूरा गर्नेछ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
‘अमेरिकाले आफ्ना वाचाहरु पूरा गर्नेछ’

सारांश

  • प्यारिश सम्झौताबाट अलग हुने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयका माझ अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने आफ्ना वाचाहरु पूरा गर्ने न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले बताएका छन्।
  • शहर र जलवायु मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष दूत समेत रहेका ब्लूमबर्गले अमेरिकी राज्यहरु, शहरहरु र कम्पनीहरु एकताबद्ध भइरहेको र प्यारिश सम्झौताको अंग रहिरहन चाहने बताए।
  • वाशिङटनलाई त्यसमा उनीहरुले बाधक हुन नदिने ब्लूमबर्गको भनाई थियो।

प्यारिश सम्झौताबाट अलग हुने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयका माझ अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने आफ्ना वाचाहरु पूरा गर्ने न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले बताएका छन्।

शहर र जलवायु मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष दूत समेत रहेका ब्लूमबर्गले अमेरिकी राज्यहरु, शहरहरु र कम्पनीहरु एकताबद्ध भइरहेको र प्यारिश सम्झौताको अंग रहिरहन चाहने बताए।

वाशिङटनलाई त्यसमा उनीहरुले बाधक हुन नदिने ब्लूमबर्गको भनाई थियो।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंसँग प्यारिशमा भेटवार्ता गरेपछि ब्लूमबर्गले त्यस्तो बताएका हुन्।

विश्वव्यापी निन्दा

प्यारिश सम्झौताबाट अलग हुने राष्ट्रपति ट्रम्पको निर्णयको विश्वव्यापी निन्दा भइरहेको छ।

प्यारिस संझौताबाट बाहिरिने अमेरिकी घोषणा

के ट्रम्पले अमेरिकाको विश्व नेतृत्व छोडेका हुन्?

चीन, युरोपेली संघ र भारतले जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को प्यारिश सम्झौताप्रतिका आफ्ना प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

ट्रम्प

चीन, युरोपेली संघ र भारत र अमेरिकाले विश्वमा सबभन्दा बढी कार्बन ग्यास उत्सर्जन गर्ने गर्दछन्।

चीनसँगको एउटा बैठकपछि युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रसल्स र बेइजिङले सहकार्य बढाउने बताए।

रोजगारी खोसिने

यसअघि बिहीबार ट्रम्पले प्यारिश सम्झौता अमेरिकी हितमा नभएको र त्यसबाट अमेरिकीहरुको रोजगारी खोसिने भन्दै त्यसबाट अलग हुने निर्णय लिएको बताएका थिए।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले अझै पनि कार्बन उत्सर्जनमा कमी ल्याउने बताएका छन्।

अमेरिकी निर्णयको अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो निर्णयले ट्रम्पको “मूल्यांकन नगर्ने” प्रतिक्रिया दिएका छन्।

प्यारिश सम्झौतामार्फत अमेरिका र विश्वका अन्य १९४ मुलुकले विश्व तापमान औद्योगिकीकरणभन्दा अघिको तुलनामा २ डिग्रीभन्दा बढ्न नदिन हरितगृह ग्यास उत्सर्जन कम गर्ने वाचा गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
समस्या बन्दै यार्सागुम्बा
समस्या बन्दै यार्सागुम्बा
काठमाडौमा पनि थपिए ५ कोरोना संक्रमित
काठमाडौमा पनि थपिए ५ कोरोना संक्रमित
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
पशुपतिमा गुठीको गोलमाल
पशुपतिमा गुठीको गोलमाल
The internet Dating Experience
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ

तपाईंले छुटाउनुभयो कि?