अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र

सारांश

  • काठमाडौं ।
  • मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको इटालियन ठेकेदार कम्पनी काममा फर्किने बताएको छ ।
  • घरि काम छोड्ने धम्की पत्र घरि काम गर्ने पत्रले आयोजनाको कामलाई नै अलमलमा पारेको छ ।

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको इटालियन ठेकेदार कम्पनी काममा फर्किने बताएको छ । घरि काम छोड्ने धम्की पत्र घरि काम गर्ने पत्रले आयोजनाको कामलाई नै अलमलमा पारेको छ । दशैंअघि आउने भनिएको मेलम्चीको कथा अझै अलमलमै देखिएको छ ।

१५ दिन अघि एकतर्फी रूपमा ठेक्का तोडेर बाहिरिने बताएको थियो । सरकारले ठेक्का बीचमै तोड्ने कम्पनीको धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकार विरुद्ध अदालत गएको ठकेदार कम्पनीको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । मेलम्ची खानेपानीको काम गर्ने ठेकेदार कम्पनीले पटकपटक बार्गेनिङ गरेर आयोजनालाई हैरान पार्दै आएको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सोमबार सरकारलार्ई पत्र पठाएर फेरि आफूले काममा फर्किने प्रतिबद्धता जनाएको छ। काममा फर्किने नफिर्कने भन्ने आशंका देखिएको छ ।

सिएमसीले मेलम्ची खानेपानी बोर्डलाई काममा फर्किने भन्दै ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिने बताएको छ । खानेपानी मन्त्रालयका अनुसार ‘ठेकेदार कम्पनीले अंग्रेजी नयाँ वर्ष मनाएर फर्किएर काम गर्ने प्रतिबद्धतासहितको पत्र पठाएको छ ।

ठेकेदार कम्पनीसँग मन्त्रालयले वार्ता गरेर सहमतिको वातावरण गराएको बताइएको छ । जनवरीमा काममा फर्कने बताएको हो । खानेपानी मन्त्रालयले इटालियन कम्पनी सिएमसीको बैंक धरौटी जफत गर्न नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पत्राचार गरिसकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो  चाडै बजारमा अाउदै छ,
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो चाडै बजारमा अाउदै छ,
स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा
स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा
भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’
भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
हिंसात्मक घटनाबाट आतंकित नहुनुस् :गगन
हिंसात्मक घटनाबाट आतंकित नहुनुस् :गगन
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा

तपाईंले छुटाउनुभयो कि?