दिनेशले बाँस काटेर घर बनाउँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
दिनेशले बाँस काटेर घर बनाउँदै

सारांश

  • काठमाडौँ ,१३ पुष ,वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतमले फरक शैलीको साँगितिक प्रस्तुती लिएर आएका छन् ।
  • शुक्रबार उनले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ ।

काठमाडौँ ,१३ पुष ,वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतमले फरक शैलीको साँगितिक प्रस्तुती लिएर आएका छन् । शुक्रबार उनले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोग भिडियोको बलियो पक्ष बनेको छ । संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायन देखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा यस म्युजिक भिडियोलाई लिन सकिने बताए । नेपालको पहिलो सेक्सोफोन वादक शुभ बहादुर सुनामले दिनेशको संगीत साधना र गायकीको प्रशंसा गरे ।

करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ बिलकुलै भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए । २०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा सांगितिक एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् । दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् । ‘पैसा कसले बनायो’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु’ गीत सार्वजनिक भएको थियो ।

कोशिस क्षेत्रीको शब्द संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । म्युजिक भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’ देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै गीतले उत्साहपूर्ण दर्शक बटुल्न सफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास
वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास
कांग्रेस र राजपाबीच विवाद चर्कदा बलरामा मतगणना रोकियो !
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?