बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
५९ पटक हेरिएको
Shares
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री रक्षामन्त्री मार्क ल्यान्क्यास्टर बीच भेटवार्ता भएको छ ।
  • प्रचण्डको नीजि सचिवालयका अनुसार मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको हो ।
  • भेटका क्रममा रक्षामन्त्री मार्कलेले नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री रक्षामन्त्री मार्क ल्यान्क्यास्टर बीच भेटवार्ता भएको छ । प्रचण्डको नीजि सचिवालयका अनुसार मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको हो । भेटका क्रममा रक्षामन्त्री मार्कलेले नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेको बताइएको छ ।

मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत कुराकानी भएको थियो ।

रक्षामन्त्री मार्कका जिज्ञासमाथि प्रतिक्रिया दिँदै प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनालार्इ सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको समेत जानकारी गराए ।

स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने भन्दै उनले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासमा नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिए ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याका बारेमासमेत जिज्ञासा राखेका थिए । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको भनी बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?