पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली

सारांश

  • काठमाडौं, पुस २७ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि बढाउने र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न प्रतिबद्ध हुने उल्लेख गरेका छन् ।
  • राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाली जनताले स्थिरता र विकासका लागि वाम गठबन्धनलाई जिताएको जनाएका हुन् ।

काठमाडौं, पुस २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन्

उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि बढाउने र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न प्रतिबद्ध हुने उल्लेख गरेका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाली जनताले स्थिरता र विकासका लागि वाम गठबन्धनलाई जिताएको जनाएका हुन् ।

‘विभिन्न टुक्रामा विभाजित भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रो पिता–पुर्खाहरुले गरेको’ स्मरण गर्दै उनले त्यसकै कारण ‘आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं’–भनेका छन् ।

इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरुले विखन्डन गर्न खोजेपनि नेपालीहरुले त्यस्ता प्रयासलाई परास्त गरेर अखन्ड नेपालकोरुपमा कायम राखेको ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

‘हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् । हामीले लड्नु पर्दैन, केवल अडेमात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्नसक्छ–सन्देशमा उनले भनेका छन्–‘नेपाललाई विभिन्न नाममा विखन्डन गर्न खोज्ने तत्वहरु अब कमजोर भइसकेका छन् ।’

शुभकामना सन्देशमा उनले देश निर्माणको महाअभियानमा एक भएर लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री
निर्माणाधीन घरमा युवक मृत भेटिए
निर्माणाधीन घरमा युवक मृत भेटिए
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
विराेध गर्नेलाइ हामि कामबाट जवाफ दिन्छाैँ: प्रधानमन्त्री ओली
विराेध गर्नेलाइ हामि कामबाट जवाफ दिन्छाैँ: प्रधानमन्त्री ओली
वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता
वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай

तपाईंले छुटाउनुभयो कि?