फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१४ पटक हेरिएको
Shares
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!

सारांश

  • काठमाडाै,२५ मंसिर।
  •   मंगलबार अपरान्ह सामाजिक सञ्जालमार्फत् हल्ला चल्यो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।
  • ’ दुबै मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीले आफ्नो कमजोर स्वास्थ्यलाई सवल आत्मबलले पराजित गरेका छन्।

काठमाडाै,२५ मंसिर।   मंगलबार अपरान्ह सामाजिक सञ्जालमार्फत् हल्ला चल्यो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।’ दुबै मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीले आफ्नो कमजोर स्वास्थ्यलाई सवल आत्मबलले पराजित गरेका छन्। तर, पनि बेलाबेलामा समस्या देखिन्छ। र, अस्पताल भर्ना गरिन्छन्।

त्यसैले, सामाजिक सञ्जालमार्फत् चलेको अपवाह केहीबेरमै भाइरल भयो। सञ्चारकर्मीहरुले प्रधानमन्त्री ओलीको सचिवालयमा यसबारेमा बुझबुझारथ गरे। ‘कहाँबाट यस्तो हल्ला चल्यो कुन्नि, मलाई ४–५ जना पत्रकार साथीहरुले फोन गरेर सोधिसके’ प्रम ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘तर, उहाँ स्वस्थ हुनुहुन्छ, अस्पताल भर्ना हुनुभएको पनि छैन।’ अर्यालका अनुसार अहिले केहीबेरमै सम्बैधानिक परिषदको बैठक बस्दैछ। र, बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली सिँहदरवार जाँदैछन्।

‘स्वस्थ नहुनु भएको भए बैठकमा जानु हुँदैनथ्यो’ सल्लाहकार अर्यालले थपे, ‘उहाँको स्वास्थ्यमा कहीँकतै समस्या छैन। बेकारको हल्ला चलाइएको छ।’ कस्ले यस्ताे हल्ला चलाउछ कुन्नि ?

अर्यालका अनुसार प्रधानन्यायाधीस ओमप्रकाश मिश्रको उत्तराधिकारी छनोटका लागि सम्बैधानिक परिषदको बैठक बस्न लागेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?