परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
४९ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता

सारांश

  • काठमाडौँ ।
  • परराष्ट्रमन्त्री डा.
  • विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छिन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छिन्। उनले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज टेलिफोन सम्पर्क गरी नेपालको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

टेलिफोन वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीएमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा लगिदिनका लागि आग्रहसमेत गरेको मन्त्रालयले जनाएको छ । नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरेको उल्लेख गर्दै उनले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।

टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुले अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै सहयोग प्रतिबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद दिए । नेपाल सरकारले टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

सोमबार बिहान टर्कीएमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह
प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह
परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा
परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
खै त ! प्रधानमन्त्री, मन्त्रीज्यूहरुको सम्पत्ति
खै त ! प्रधानमन्त्री, मन्त्रीज्यूहरुको सम्पत्ति
विश्वकप फुटबल: घानासँग दक्षिण कोरिया ३-२ गोल अन्तरले पराजित
विश्वकप फुटबल: घानासँग दक्षिण कोरिया ३-२ गोल अन्तरले पराजित
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
कामु प्रधानन्यायाधीश जोशी होईनन् :  कानूनमन्त्री ढकाल
कामु प्रधानन्यायाधीश जोशी होईनन् : कानूनमन्त्री ढकाल
प्रधानमन्त्री पत्नीले पतिलाई भोट नहाल्ने
प्रधानमन्त्री पत्नीले पतिलाई भोट नहाल्ने