भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !

सारांश

  • बाँके, १२ असोज ।
  • एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ ।
  • तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न नेपाल सरकारसँग माग गरिरहेका छन् ।

बाँके, १२ असोज । एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न नेपाल सरकारसँग माग गरिरहेका छन् । भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्था शब फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला बर्दिया राजापुर नगरपालिका– ६ बस्ने वर्ष ४५ को वीरेन्द्रबहादुर शाह, सोही स्थान बस्ने वर्ष ४३ को डिब्बु भन्ने बालकृष्ण चौधरी,वर्ष ४० को गोपालचन्द र वर्ष ४५ वर्षको हाङ्ले भन्ने इन्दबहादुर थारु माछा मार्न भनि घरबाट निस्किएकोमा घर नफर्किएकाले खोजतलास गरी पाउँ भनि आफन्तले इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा निवेदन पेश गर्दा एकजना मृतक हाङ्ले भन्ने इन्दबहादुर चौधरीको शव फेला पारी नेपाल ल्याएको छ ।

रिपोट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । सोही निवेदनका आधारमा प्रहरी कार्यालयले हराएका व्यक्तिको खोजतलास गरी भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा सो मृतक व्यक्तिको शव कानूनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन प्रयास भइरहेको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?