कवीर सिंहलाई २ सय करोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कवीर सिंहलाई २ सय करोड

सारांश

  • मुम्बई ।
  • बलिउड चलचित्र ‘कवीर सिंह’ले प्रदर्शन भएको १३औं दिनसम्म आइपुग्दा २ सय करोडको व्यापार गर्न सफल भएको छ ।
  • लगातार आक्रमक ब्यापार गर्दै आएको यो चलचित्र यस वर्षको सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो सूचीमा पर्न सफल भएको हो ।

मुम्बई । बलिउड चलचित्र ‘कवीर सिंह’ले प्रदर्शन भएको १३औं दिनसम्म आइपुग्दा २ सय करोडको व्यापार गर्न सफल भएको छ । लगातार आक्रमक ब्यापार गर्दै आएको यो चलचित्र यस वर्षको सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो सूचीमा पर्न सफल भएको हो ।प्रदर्शनको पहिलो दिन नै भारतमा २० करोड २१ लाख कमाएको यस चलचित्रले दोस्रो हप्तामै २ सय ६ करोड ४८ लाखको ब्यापार गर्न सफल भयो । चलचित्रले प्रदर्शनको पहिलो हप्ता नै बक्सअपिसमा १ सय ३४ करोड ४३ लाखको व्यापार गरेको थियो ।

‘कवीर सिंह’अभिनेता शाहिद कपुरको पहिलो चलचित्र हो जुन चलचित्रले पहिलो पटक बक्सअपिसमा २ सय ब्यापार गरेको छ । सफलतापछि बलिउड इन्डष्ट्रीमा शाहिदको अचानक डिमाण्ड बढेको भारतीय मिडियाले जनाएको छ । उनले अब आफूले अभिनय गर्ने चलचित्रमा लिँदै आएको पारिश्रमिकभन्दा दोब्बर पारिश्रमिक लिने बताएका छन् ।यसअघि उनले एक चलचित्रमा काम गरेको १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए भने अब चलचित्रका लागि २१ करोड पारिश्रमिकको माग राखेको खबरले बलिउड निकै तातेको छ ।

यो पनि पढ्नुहोस्
पब्जीले गराएको सम्बन्ध विच्छेद
काठमाण्डौ, असार २० पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी प्लेयर अन्नोन ब्याटलग्राउण्ड खेल अहिले निकै लोकप्रिय भैरहेको छ ।पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ । गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो ।अहिले फेरि गुजरातमै पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी छिन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो ।

अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् । ती महिलाले राज्यको महिला हेल्पलाइन ९१८१० मा फोन गरेकी थिइन् ।उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् । रिपोर्टका अनुसार, ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् ।

उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् । ‘१८ वर्षको उमेरमा उनको एक निर्माण व्यवसायीसँग विवाह भएको थियो र उनी चाँडै नै एउटी बालिकाको आमा बनिन्’ काउन्सलरले भने ।पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् ।काउन्सलरले ती महिलालाई हुर्कँदै गरेकी छोरीको भविष्यको ख्याल गर्दै आफ्नो फैसलामा पुनर्विचार गर्न भनेका छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?