बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
सारांश
- काठमाडौँ, पुस २४ ।
- काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
- आइतबार राति ९ बजे बा २ ख १७८१ नम्बर बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।
काठमाडौँ, पुस २४ । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ बजे बा २ ख १७८१ नम्बर बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका चालक भने फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता रञ्जीतकार बताए । रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया